Chief

डा. जिबेन्द्र कुमार झा


वरिष्ठ पशु विकास अधिकृत्,केन्द्र प्रमुख,9868831195
Chief

डा. विनय विक्रम रत्न


सुचना अधिकारी
9854024683

परिचय

वि.स. २०१४ सालमा स्वीटजरल्याण्ड सरकारको सहयोगमा जिरी एकिकृत कृषि फार्मको नाममा हालको यस केन्द्र स्थापना भएको हो । २०१८ सालमा जिरी बहुमुखी विकास आयोजना नामाकरण भएकोमा वि.स. २०२० साल माघ २३ गते स्वीट्जरल्याण्ड सरकार मार्फत  Jiri Agriculture Station  को रुपमा नेपाल सरकारलाई हस्तान्तरण  भै सो कार्यक्रमको समुदघाटन तत्कालिन श्री ५ महाराजाधिराज महेन्द्र वीर बिक्रम शाहदेवका बाहुलीबाट भएको थियो । उक्त Station बाट  एकिकृत रुपमा वाली विकास, पशु चिकित्सा, बागवानी विकास र समन्वयात्मक पशु विकास कार्यक्रमहरु सचालनमा ल्याईएका थिए । शुरुका दिनहरुमा एकिकृत रुपमा कार्यक्रमहरु संचालन हुंदै आएकोमा आ. व. २०४२/४३ मा यसै दोलखा जिल्लाका वोच र काव्रेमा क्रमश: बागबानी विकास कार्यक्रम र पहाडी वाली विकास कार्यक्रम संचालनमा आए पछि  मात्र उक्त Station  लाई आ. व. २०४३/४४ देखि पशु विकास फार्म, जिरी (Livestock Development Farm, Jiri) को रुपमा नामाकरण गरीएको थियो । संघिय प्रणालीको कार्यान्वयन संगै वि.सं. २०७५ साल श्रावण १ गते देखि यस फार्मको नाम गाई अनुवांशिक श्रोत केन्द्र, जिरी (Cattle Genetic Resource Centre, Jiri) नामाकरण भै नेपाल सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय   पशुपन्छि श्रोत ब्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहत संचालनमा आएको छ । यस केन्द्रको प्रमुख उद्देश्य  राष्ट्रिय स्तरमा गाईको आनुवांशिक श्रोत संरक्षण, संवर्द्धन र सदुपयोग गर्दै ब्यावसायीकरणमा अभिबृद्धि गर्नु रहेको भए पनि फार्म स्थापनाको शुरु देखि नै वंगुर पालन कार्यक्रम पनि  सँगै संचालन हुंदै आईरहेको छ ।