Terms of Reference

कार्य विस्तृतिकरण(Terms of Reference)

· राष्ट्रियस्तरमा गाईहरुको न्युक्लियस र मल्टीप्लायर हर्डहरुको स्थापना तथा व्यवस्थापन गर्ने ।

· गाईमा उपयुक्त छनौट प्रणाली अपनाई शुद्ध साँढे/ आमा  (Bull/Mother) हरुको श्रोत केन्द्रको रुपमा विकास गर्ने ।  

· गाईका विभिन्न जातहरूको जातिय शुद्धता (Pure line) कायम राख्ने ।

· गाईको उत्पादकत्व बढाउने प्रविधिहरूको विकास र विस्तार गर्ने ।

· भ्रुण उत्पादन तथा प्रत्यारोपणका माध्यमबाट उच्च स्तरका गाई तथा साँढेहरूको उत्पादन गरी प्रमाणित साँढे (Proven Sire) को माध्यमबाट  नश्ल सुधार गर्ने ।

· Progeny testing लगायत पशु प्रजननका उच्चतम विधिहरुको अवलम्वन गरी Tested/Proven Bulls को विकास र विस्तार गर्ने ।

· गाई विकासका नविनतम प्रविधिहरूको उपयोग गरी गाईको वाह्य श्रोत विकासका कार्यक्रमहरु संचालन गर्ने ।

· स्थानीय जातका गाईहरुको in-situ तथा ex-situ संवर्द्धन र प्रवर्द्धन गर्दै जैविक विविधताको संरक्षण र उपयोगितामा सहयोग पुर्‍याउने ।

· नेपाल कृषि अनुसन्धान परिषद, विश्व विद्यालय तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरु सँगको सहकार्यमा गाई विकाससंग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान तथा प्रविधि विस्तार गर्ने ।

· गाई विकाससंग सम्बन्धित विषयहरूमा राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालयको समन्वयमा स्थानीय  र प्रादेशिक तहसँग सहकार्य गर्ने ।

· राष्ट्रियस्तरमा गाईपालनका विविध पक्षहरूमा क्षमता अभिबृद्धिका लागि स्थलगत/व्यवहारिक तालिम¸ गोष्ठी¸ सेमीनार लगायतका कार्यक्रमहरु संचालन गर्ने ।

· केन्द्र तथा वाह्य श्रोत विकास कार्यक्रम अन्तर्गत रहेका गाईहरुको अभिलेखीकरण, तथ्याङ्क विश्लेषण तथा प्रकाशन सँग सम्वन्धित कार्यहरु गर्ने ।

· राष्ट्रियस्तरमा पशु आहारा सम्बन्धि नविनतम प्रविधिहरूको अनुसरण र विस्तार गर्ने ।

· शितोष्ण तथा शम-शितोष्ण घाँसका प्रजातिहरूको विकास र विस्तार गर्ने ।

· स्रोतकेन्द्रमा विद्यमान उन्नत जातका वंगुरको हर्ड व्यवस्थापन नियमित गर्ने ।